लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (LGIL) ले फागुन १४ गतेदेखि लिलामीमा राखेको करिब एक लाख कित्ता शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो।
कम्पनीले ९९ हजार ७२६ कित्ता लिलामी शेयरमा २१ गतेसम्म आवेदन गर्न पाइने शेयर बिक्री प्रबन्धक सिबिआईएल क्यापिटलले जनाएको छ ।
कम्पनीको लिलामीमा शेयरमा सिबिआईएल क्यापिटलको कार्यालय तथा सिटिजन्स बैंकका विभिन्न शाखाहरुबाट आवेदन गर्न सकिनेछ ।
कम्पनीले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म चुक्ता पूँजीको २० प्रतिशत हुने आउने १७ लाख ६० हजार कित्ता हकप्रद शेयर हकप्रद शेयर जारी गरेको थियो।
इक्रा नेपालले लुम्बिनी जनरलको हकप्रद शेयरलाई ‘ इक्रा आईपिओ ग्रेड ३’ रेटिङ्ग दिएको छ। ग्रेड ३ रेटिङ्गले औसत आधार जनाउँछ।
इन्स्योरेन्सको धितोपत्र दोस्रो बजारमा फागुन १९ गते सोमबार प्रतिकित्ता ५२५ रुपैयाँमा कारोबार भएको छ।
चुक्ता पूँजी ८८ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको २० प्रतिशत हकप्रद पश्चात बीमा समितिले तोकको न्यूनतम चुक्ता पूँजी अर्थात १ अर्ब ५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी पुगेको छ।












प्रतिक्रिया