सुनको भाउ फेरि बढ्यो, प्रतितोला ३ सय रुपैयाँ महङ्गीयो

0
Shares

ऐतिहासिक उचाईमा पुगेको सुनको भाउ घट्ने क्रममा ब्रेक लागेर पुन बढ्न थालेको छ । सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

आइतबार ह्वात्तै घटेको सुनको भाउमा सोमबार कुनै परिवर्तन भएको थिएन।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ७८ हजार ३ सय रुपैयाँ तथा तेजावी सुनको भाउ प्रतितोला ७८ हजार रुपैयाँ तोकिएको छ । चाँदीको भाउ प्रतितोला ८६० रुपैयाँमा छ। चाँदीको भाउ भने स्थिर रहेको छ।

सुनको मूल्य गत फागुन १२ गते हालसम्मकै उच्च बिन्दु अर्थात प्रतितोलाको ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसपछिका दिनमा सुनको भाउ क्रमश घट्न थालेको हो।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।