संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक फागुन २० गते मंगलबार दिनको २ बजेदेखि प्रारम्भ भएको छ। सांसदले शुन्य समयमा आफ्ना धारणा राखिसकेका छन्।
फागनु २१ गतेदेखि संसदको एकतिहाई (१९ जना) सदस्यको पद रिक्त हुने सांसदहरुले पाँच मिनेट आफ्नो मन्तब्य राख्नेछन्। आजको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारा देवि भट्टले “भौतिक पूर्वाधार तथा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम एवं राष्ट्रिय महत्वका आयोजनाको अनुगमन र स्थानीय न्यायिक समितिको स्थलगत अनुगमन सम्बन्धी प्रतिवेदन, २०७६” सभा समक्ष पेश गनेछिन् ।
यसैगरि राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५” र “बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५” लाई टेबुल गर्ने कार्यक्रम रहेको छ ।
यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “पारमाणविक विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि मंगलबारकै बैठकमा राखिएको छ ।










प्रतिक्रिया