नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत लघुवित्त कम्पनीहरुलाई २० प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्दा थप कडाई गरेपछि त्यसको सोझो असर फागुन २० गतेको शेयर बजारमा लघुव्त्तिको शेयरमूल्यमा परेको छ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ५० वटा लघुवित्त कम्पनीमध्ये मंगलबारको बजारमा ३५ कम्पनीको शेयरमूल्य घटेको छ भने शिर्ष शेयरमूल्य घट्ने दशवटा कम्पनी लघुवित्त रहेका छन्।
मंगलबार कूल ३७ वटा कम्पनीको शेयर कारोबारमा आएकोमा सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य मात्र ३.८९ प्रतिशतले बढेको हो । आरएसडिसीको शेयरमूल्य स्थीर रहँदा बाँकी ३५ कम्पनीको शेयरमूल्य घटेको हो। एक दर्जन लघुवित्त कम्पनीहरु मर्जर प्रकृयामा रहेकाले ती कम्पनीको भने दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको छ।
स्वदेशी, एनएमबि, स्पर्स लघुवित्तको शेयरमूल्यमा सर्किट लागेको छ भने २६ कम्पनीको शेयरमूल्य ४ प्रतिशत बढीले घटेको छ।

सबै लघुवित्तको शेयरमूल्य घटेसँगै मंगलबार लघुवित्त कम्पनीहरुको उपसूचक ४.६१ प्रतिशत अर्थात ११६.१४ अंकले घटेर २ हजार ४०५.२७ बिन्दुमा झरेको छ ।
राष्ट्र बैंकले फागुन १९ गते सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश वितरण प्रस्ताव गर्ने लघुवित्तले २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो।
मंगलबारको बजारमा कूल १८१ कम्पनीको शेयर कारोबारमा आएकोमा ७५ कम्पनीको शेयरमूल्य घटेको छ । ८३ कम्पनीको शेयरमूल्य बढेको छ।










प्रतिक्रिया