भृकुटीमण्डपमा ‘आठौं घरजग्गा मेला २०२०’ आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घरजग्गा मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । मेला आगामी वैशाख ४ गतेदेखि ७ गतेसम्म हुने भएको हो ।
मेलामा आवास, जग्गा विकास तथा शहरीकरणमा योगदान पुर्याएका व्यवसायी र उपभोक्तालाई भेला गराइ व्यवसायीले आफ्नो उत्पादनको यथार्थ तथा वास्तविकस्थित जानकारी गराउन गराइने आयोजकले जनाएको छ । 
मंगलबार नेपालहोम्स र संघबीच मेलाको टाइटल स्पोन्सर गर्ने विषयमा सम्झौता भएको छ। अब ‘नेपालहोम्स डटकम आठौं घरजग्गा मेला’का रुपमा सञ्चालन हुनेछ ।
मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजना तथा विकासमा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्ट लगायतका स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने संघले जनाएको छ ।
नेपालहोम्स डटकम पायोनियर प्रोपर्टी टेक्नोलोजी कम्पनी हो जसले घरजग्गा क्षेत्रका स्टेकहोल्डरहरु एजेन्सी, डेभलपर, सेलर र बायरलाई अनलाइन मार्केट प्लेटर्फम उपलब्ध गराउँछ । यो घरजग्गाको मार्केट प्लेटर्फममात्र नभएर रियल स्टेट क्षेत्रको ‘नलेज सेन्टर’ पनि हो । नेपालहोम्स डटकममा घरजग्गा सम्बन्धी आवश्यक सम्पूर्ण जानकारी उपलब्ध हुनेछन् ।
मेलामा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका चुनौती र समस्या समाधानका उपायसहितका जानकारी गराइने बताइएको छ । मेला एक लाख भन्दाबढीले अवलोकन गर्ने अपेक्षा संघले गरेको छ ।










प्रतिक्रिया