खानेपानीका हाकिम, कर्मचारी र ठेकदारको मिलोमतोमा २ करोड भष्ट्राचार

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्लेसमेत ६ जना विरुद्ध २ करोड बढीको भष्ट्राचार मुद्दा दायर गरेको छ ।

आयोगले २ करोड २ लाख ७३ हजार आर्थिक अनियमितता गरेको सम्बन्धमा  त्यत्तीनै बिगो कायम गरी आरोपत्र दायर गरेको हो।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नवलपरासी र सुनौला खिम्ती -अजम्वर-शिवराम जे.भी. चरिकोट, दोलखा बीच खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्यको ठेक्का सम्झौता तथा मोविलाइजेशन पेश्की लिने क्रममा भष्ट्राचार भएको अख्तियारको भनाई छ।

ठेक्का सम्झौता तथा मोविलाइजेशन पेश्की प्रयोजनको लागि राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय धुलिखेलबाट जारी गरिएको रकमको कार्यसम्पादन जमानत एक करोड ५८ लाखको अग्रिम रकम भुक्तानी बैक जमानत नक्कली रहेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारले सुनौला खिम्ती-अजम्बर-शिवराम जे.भी. का जेभी पार्टनरहरु शिवजी सापकोटा, वैकुण्ठ प्रसाद भण्डारी, धर्मराज भण्डारी र रा.वा. बैंक शाखा कार्यालयका शाखा प्रवन्धक राजु प्रसाद ढकालसमेतको मिलेमतोमा नक्कली तथा झुठ्ठा बैंक कार्यसम्पादन जमानत र अग्रिम रकम भुक्तानी बैंक जमानतका आधारमा ठेक्काको सम्झौता र मोविलाइजेशन पेश्की दिईरलिई रकम हिनामिना गरेको ठहर गरेको छ ।

आयागले साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्ले र लेखा अधिकृत ध्रुवराज गौतमलाई बिगो २ करोड २ लाख ७३ हजार बिगो कायम गरी भ्रष्टाचार मुदुदा दायर गरेको छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय, धुलिखेलका तत्कालीन बैंक प्रबन्धक राजु प्रसाद ढकाल, सुनौला खिम्ती(अजम्वर(शिवराम जे.भी. पार्टनरहरु शिवराम कन्ट्रक्सनका अध्यक्ष शिवजी सापकोटा, अजम्वर निर्माण सेवाका प्रोपाइटर बैकुण्ठ प्रसाद भण्डारी र सुनौला खिम्ती कन्सट्रक्सनका प्रबन्ध निर्देशक धर्मराज भण्डारी विरुद्ध पनि मंगलबार विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरीएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार  १८ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।