अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत दुई कर्मचारीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ।
आयोगले कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई घुस रकम लिनेदिने क्रममा रङेहात पक्राउ गरेको हो।
उनीहरुले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत घुस माग गरेको भन्ने सुचनाको आधारमा आयोगले पक्राउ गरेको हो।
आयोगको टंगालबाट खटिई गएको टोलीले निज नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ बिच पाँच हजार लिने दिने क्रममा उक्त रकम सहित निजहरु दुवैलाई कार्यालय परिसरबाट फागुन २८ गते बुधबार पक्राउ गरि अनुसन्धान भइरहेको जनाएको छ ।










प्रतिक्रिया