लगातार बढेर गत फागुन २७ गते मंगलबार हालसम्मकै उच्च प्रतितोला ८२ हजार ७०० सम्म पुगेको सुनको भाउ पुनः घट्न थालेको छ। एक साताको अवधिमा सुनको भाउ प्रतितोला ७ हजार २ सय रुपैयाँले ओरालो लागिसकेको छ।
मंगलबार एकै दिन सुनको भाउ प्रतितोला दुई हजार रूपैयाँ घटेर प्रतितोला ७५ हजार ५०० मा झरेको छ। यस्तै चाँदीको मूल्य पनि एकै दिन ८० रूपैयाँले घटेको छ।
अन्तराष्ट्रिय बजारमा भइरहेको घटबढको असर नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ५०० रुपैयाँ तोकेको छ । यसैगरि तेजावी सुनको भाउ ७५ हजार २०० रुपैयाँ तथा चाँदीको भाउ तोलामा ७१० रुपैयाँमा कायम भएको छ।











प्रतिक्रिया