वोमी माइक्रोफाइनान्स वित्तीय संस्था (WOMI) को साधारण सभा अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको छ। सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चैत ११ देखि एक साता लकडाउन गरेकाले लघुवित्तको साधारण सभा स्थगित भएको हो।
यसअघि सरकारले चैत ५ गते २५ जनाभन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन बन्देज गरेको थियो।
लघुवित्तले चैत १६ गते सञ्चालक समितिको निर्वाचन सहित आठौं वार्षिक साधारण सभा आह्वान गरेको थियो।
प्रतिक्रिया