राष्ट्र बैंकका कर्मचारीले कोरोना नियन्त्रणका लागि १ करोड उपलब्ध गराउने


नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले कोरोना भाइरस नियन्त्रणका लागि १ करोड ५ लाख रुपैंया सहयोग गर्ने भएका छन् ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा राष्ट्र बैंकका कर्मचारीहरुले उक्त रकम जम्मा गर्ने भएका हुन् ।

राष्ट्र बैंक ऐन अनुसार प्रत्येक कर्मचारीको तलबबाट पैसा काटेर उक्त रकम जुटाउन लागिएको हो । केही दिनमा उक्त रकम कोषमा जम्मा हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहिबार  ११ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।