विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट विश्वभरीमा शनिबार दिउँसो २ बजेसम्म ११ लाख १९ हजार ७०२ जना संक्रमित भएका छन्। यस रोगबाट ५९ हजार २४५ जनाको ज्यानको ज्यान गएको छ भने संक्रमण २०७ देशमा यो रोग फैलिसकेको छ।
वल्डमिटरका अनुसार २ लाख २९ हजार ३३८ निको भएर घर फर्किएका छन्। अझै ८ लाख ३१ हजार ११९ जना संक्रमित रहेका छन्। जसमध्ये ३९ हजार ४०७ को अवस्था संवेदनशिल रहेको छ भने ७ लाख ९१ हजार ७१२ को अवस्था सामान्य रहेको छ।
हालसम्म विश्वको सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध अमेरिकामा यस रोगबाट अमेरिकामा पछिल्लो समय २ लाख ७७ हजार ५२२ जना संक्रमित भएका छन्। ७ हजार ४०३ जनाले आफ्नो मृत्युवरण गर्नुपरेको अवस्था छ। १२ हजार २८३ जना निको भएर घर फर्किएका छन्।
संक्रमणका आधारमा दोस्रो रहेको इटालीमा १ लाख १९ हजार ८२७ र स्पेनमा १ लाख १९ हजार १९९ संक्रमणको शिकार बनेका छन् भने जर्मनी, फ्रान्स, चीन, इरान, बेलायत, टर्की, स्वीजरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, क्यानडा, अष्ट्रिया, र दक्षिण कोरियामा १० हजारदेखि ९१ हजारसम्म संक्रमित बनेका छन्।
कोभिड १९ बाट इटालीमा सबैभन्दा धेरै १४ हजार ६८१ ले मृत्युवरण गरेका छन् भने स्पेनमा ११ हजार १९८ जनाले ज्यान गुमाएका छन्। यस्तै फ्रान्समा ६ हजार ५०७, बेलायतमा ३ हजार ६०५, चीनमा ३ हजार ३२६, इरानमा ३ हजार २९४, नेदल्याण्डमा १ हजार ४८७, जर्मनीमा १ हजार २७५, जना र बेल्जियममा १ हजार १४३ जनाको कोभिड १९ को कारण ज्यान गएको छ।
छिमेकी राष्ट्र भारतमा २३ नयाँ संमक्रित सहित ३ हजार ८२ पुगेको छ भने ८६ जनाले मृत्युवरण गरेका छन्। २२९ जनालाई निको भएको छ भने २ हजार ७६७ जनामा अझै यो रोगको संक्रमण छ।
हालसम्म नेपालमा १ हजार ३५६ वटा कोरोना परिक्षण भएकोमा ९ जनामा यो रोगको पुष्टि भएको छ। १ जनालाई निको भएको छ भने ८ जना आइसोलेसनमा रहेका छन् ।
नेपालमा कुनैपनि व्यक्ति यस रोगको मृत्यु हुनु नपरेकाले बैलैमा यसबाट बच्न लकडाउनको पलना गरि घरमै बस्न आवश्यक देखिन्छ।












प्रतिक्रिया