कोराना संक्रमणबाट बेलायतमा चार्टर्ड अकाउन्टेण्ट श्रेष्ठको निधन

0
Shares

विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट शनिबार बेलायतमा पोखरा स्थायी घर भएका ४६ वर्षीय चार्टर्ड एकाउटेन्ट ध्रुवकुमार श्रेष्ठको निधन भएको छ ।

दश दिनअघि साउथ इस्ट लन्डनको सेन्ट थोमस अस्पताल लण्डनमा भर्ना भएका श्रेष्ठको शनिबार राति १२ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

मधुमेहका सामान्य विरामी रहेका श्रेष्ठ उच्च ज्वरो र खोकीसहित श्वास प्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए।
लण्डनमा आफ्नै एकाउन्टेन्सी फर्म सञ्चालन गर्दै आएका श्रेष्ठका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

प्रकाशित मिति: ८ बैशाख २०७७, सोमबार  १० : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।