कोरोनाका कारण बेलायतमा हालसम्म १८ नेपालीको मृत्यु

0
Shares

बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।

पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आउनुभएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए ।

आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई जानकारी गराएको थियो । बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार  ०८ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।