विश्वभर कोरोना संक्रमितको संख्या साढे २५ लाख,१ लाख ७७ हजारको मृत्यु

0
Shares

विश्वभर कोरोना संक्रमितको संख्या साढे २५ लाख बढी नाघेको छ ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार २५ लाख ६१ हजार ४४ जनालाई कोरोना संक्रमण पुष्टि भइससकेको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट १ लाख ७७ हजार बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिकामा भएका छन्। अमेरिकामा मात्रै संक्रमितको संख्या ८ लाख १९ हजार नाघेको छ । यसैगरी अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नै ४५ हजार भन्दा बढी छ ।

उता अमेरिकापछिको प्रभावित इटलीमा २४ हजार बढीको ज्यान गएको छ । यसैगरी १ लाख ८१ हजार भन्दा बढी संक्रमित भएका छन्। कोरोना संक्रमणबाट स्पेनमा २१ बढीको मृत्यु भएको छ । दुई लाख भन्दा बढी संक्रमित भएका छन्।

नेपालमा हालसम्म ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । अन्यको उपचार भइरहेको छ ।

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार  १० : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।