दक्षिण अफ्रिकामा २६ अर्ब डलरको राहत प्याकेज घोषणा

0
Shares

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार कोरोनाभाइरसका कारण सिर्जित संकट समाधानमा मद्दत गर्न करिब २६ अर्ब डलरको आर्थिक तथा सामाजिक राहत प्याकेज घोषणा गरेका छन् ।

राष्ट्रपति रामाफोसाले उक्त आपतकालीन राहत प्याकेज ऐतिहासिक रहेको बताउनुभएको स्थानीय संचार माध्यमहरुले बताएका छन् । उनले आर्थिक प्याकेजको विस्तृत विवरण बिहीबार राष्ट्रका नाममा सम्बोधन गरी घोषणा गर्नेछन् ।

दक्षिण अफ्रिकी अधिकारीहरुले मार्च २३ मा तीन साता लामो राष्ट्रव्यापी क्वारेन्टाइन घोषणा गरेका थिए । तर कोरोनाभाइरसको प्रसार बढेसँगै सरकारले अरु १५ दिन क्वारेन्टाइनको म्याद बढाएको थियो ।

दक्षिण अफ्रिकामा कोरोना संक्रमित व्यक्तिको संख्या तीन हजार ५०० नाघेको छ भने कम्तीमा ५८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार  १३ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।