मुक्तिनाथ विकास बैंक तुलसीपुर शाखाद्धारा राहत सहयोग

0
Shares

मुक्तिनाथ बिकास बैंकको तुलसीपुर शाखाले तुल्सीपुर उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ ।

उक्त खाद्यान्न सामाग्री बैंकको तुल्सीपुर शाखाका शाखा प्रमुख सरोज कुमार लामिछानेले नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।

सरकारले घोषणा गरेको लकडाउनका कारण बैंकले प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गदै आइरहेको छ ।

बैंकले आगामी दिनमासमेत लकडाउनको समयाबधी थप भएमा विपन्न परिवारलाई सहयोग गर्दै जाने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिएका छन ।

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार  १४ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।