लकडाउनका कारण बन्द रहेका बैंक तथा वित्तीय संस्था तथा वीमा कम्पनीका शाखा कार्यालयहरु आजदेखि खुल्ने भएका छन् ।
सरकारको निर्णयले शाखाहरु खोल्न दिने भन्ने रहेको हुँदा शुक्रबारदेखि शाखा कार्यालय संचालनमा आउने छन् । सबै शाखा कार्यालय सञ्चालन भएपनि सरकारको निर्देशन अनुसार एकतिहाई कर्मचारीले मात्र काम गर्नेछन् ।
यसको लागि कोभिड १९ नियन्त्रणका लागि गठन गरिएको केन्द्रीय समन्वयन समिति र प्रदेश तथा स्थानीय तहबाट अनुमति लिनुपर्छ । यदी संक्रमण बढी देखिएका स्थानीय तहले शाखा खोल्ने अनुमति दिने छैनन् ।
साथै सरकारले गरेको निर्णयअनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्नसक्नेसमेत अधिकार रहेको छ ।
अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले केन्द्रीय कार्यालय बाहेक शाखा कार्यालय साताको एकदिन खोल्दै आएका थिए । बीमा कम्पनीको हकमा भने सुरुका केहीदिन पास नै नपाएको कारण सबै सेवा बन्द नै जस्तो थियो ।
पछिल्लो समय पास लिएर तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले पत्र र परिचयपत्रको आधारमा कर्मचारी कार्यालय गएका थिए ।
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न शाखा आलोपालो संचालन गर्दै आएका थिए।












प्रतिक्रिया