
साविक जनता बैंकको सहायक कम्पनीको रुपमा स्थापना भएको जनता क्यापिटल लिमिटेड खारेज हुने भएको छ ।
कम्पनी सञ्चालक समितिको बैशाख २६ गते सम्पन्न बैठकले जेठ ११ गते आइतबार विशेष साधारण सभा आह्वान गर्दै कम्पनी खारेजीमा लैजाने निर्णय गरेको छ।
ग्लोबल आईएमई बैंकको सभाहल कमलादीमा बिहान साढे ८ बजे आह्वान गरिएको विशेष साधारण सभामा जनता क्यापिटललाई खारेजी (लिक्विडेसन) गर्ने सम्बन्धमा र लिक्विडेटर तथा लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने र नियमनकारी निकायबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा रहेको छ।
ग्लोबल आईएमई बैंक र जनता बैंक २०७६ मंसिर २० गते शुक्रबारदेखि एक आपसमा गाभिएपछि जनता बैंकको सहायक कम्पनीको रुपमा स्थापित जनता क्यापिटललाई खारेजीमा लैजान लागिएको हो। ग्लोबल आईएमई बैंकको सहायक कम्पनीको रुपमा ग्लोबल आईएमई क्यापिटलले जमलबाट मर्चेन्ट बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको छ।












प्रतिक्रिया