एकैदिन ७६ सय बढीमा कोरोना परीक्षण, कूल १ लाख ३२ हजार टेष्ट सम्पन्न

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ७ हजार ६१३ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिएको छ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर प्रविधि) बाट ३ हजार ४९४ र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट ४ हजार ११९ वटा परीक्षण सम्पन्न भएको जानकारी दिए।

मुलुकभर हालसम्म पीसीआर र आरडीटी दुबै प्रविधिबाट गरी कूल १ लाख ३२ हजार १९२ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ। त्यसमध्ये पीसीआर प्रविधिबाट ४५ हजार ९५७ र आरडिटी प्रविधिबाट ८६ हजार २३५ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा १० हजार १६९, प्रदेश नं २ मा ६ हजार ३०८, वाग्मती प्रदेशमा २१ हजार ७१२, गण्डकी प्रदेशमा ७ हजार ७०१, प्रदेश नं ५ मा ११ हजार ४८९, कर्णाली प्रदेशमा ९ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ८१७ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।

  • ३२ हजार ५८७ जना क्वारेटाइनमा, आइसोलेशनमा ५०८ जना

मुलुकभर हालसम्म ३२ हजार ५८७ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा १ हजार ४६१ जना, प्रदेश नम्बर दुईमा ६ हजार ९१० जना, वाग्मती प्रदेशमा ५३५ जना, गण्डकी प्रदेशमा ७७९ जना, प्रदेश नम्बर पाँचमा १७ हजार १३० जना, कर्णालीमा १ हजार ६७० जना र सुदूरपश्चिम प्रदेशमा ४ हजार १०२ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल ५०८ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। जसमध्ये प्रदेश नं १ मा ६०, प्रदेश नं २ मा १६६, वाग्मती प्रदेशमा २२ (१ मृत्यु सहित), गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं ५ मा २४७ जना (२ मृत्यु सहित), र कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरि कूल ५०८ जना रहेका छन्।

हालसम्म ७० जना उपचारपछि डिस्चार्ज भएका छन्। जसअन्तर्गत प्रदेश नं १ मा २६, प्रदेश नं २ मा ६, वाग्मती प्रदेशमा ९, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं ५ मा २२ र सुदूरपश्चिम प्रदेशम५ जना डिस्चाज भएका छन्।

मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ७४२ वटा स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ४७ हजार ९६९ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। ७०८ जनाले भरि ५ जना रेड जोनमा परेका छन्। छन्।

पछिल्लो २४ घण्टामा ७०८ जनाले आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट काठमाण्डौं, रुपन्देही, वर्दिया, झापाका थप ५ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् ।

रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।

प्रकाशित मिति: १० जेठ २०७७, शनिबार  १७ : ०५ बजे