शनिबार साँझ फेरि थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि भएको छ ।
रूपन्देही, कपिलवस्तु र गुल्मीमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको नमूना परीक्षणमा सात जना नयाँ संक्रमित थपिसँगै नेपालमा आज मात्र ७५ जनामा कोरोना पुष्टि भएको हो।
रुपन्देहीको गैडहवामा- ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो ३६ जना र बिहान ३२ जनामा संक्रमण पुष्टि भएको थियो । साँझ फेरि ७ जनामा कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ । कोरोना संक्रमण निको हुनेको संख्या ७९ पुगेको छ भने ३ जनाको मृत्यु समेत भएको छ।
प्रतिक्रिया