स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ हजार ६४७ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिएको छ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिबाट २ हजार ८५६ र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट ३ हजार ७९१ वटा परीक्षण सम्पन्न भएको जानकारी दिए।
मुलुकभर हालसम्म पीसीआर र आरडीटी दुबै प्रविधिबाट गरी कूल १ लाख ३८ हजार ८४१ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ। त्यसमध्ये पीसीआर प्रविधिबाट ४८ हजार ८१५ र आरडिटी प्रविधिबाट ९० हजार २६ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा १० हजार २५४, प्रदेश नं २ मा ६ हजार ३४४, वाग्मती प्रदेशमा २२ हजार ८११, गण्डकी प्रदेशमा ७ हजार ७०१, प्रदेश नं ५ मा १३ हजार २६७, कर्णाली प्रदेशमा ९ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा २० हजार ६१० वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।
मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।
- ३९ हजार ८०४ जना क्वारेटाइनमा, आइसोलेशनमा ५१३ जना
मुलुकभर हालसम्म ३९ हजार ८०४ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा १ हजार ४५० जना, प्रदेश नम्बर दुईमा ८ हजार २३८ जना, वाग्मती प्रदेशमा ५६२ जना, गण्डकी प्रदेशमा ८८२ जना, प्रदेश नम्बर पाँचमा १९ हजार ५२५ जना, कर्णालीमा ३ हजार ४ जना र सुदूरपश्चिम प्रदेशमा ६ हजार १४३ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।
आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल ५१३ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। जसमध्ये प्रदेश नं १ मा ६०, प्रदेश नं २ मा १६६, वाग्मती प्रदेशमा २४ (१ मृत्यु सहित), गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं ५ मा २४७ जना (२ मृत्यु सहित), र कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरि कूल ५१३ जना रहेका छन्।
हालसम्म ८७ जना उपचारपछि डिस्चार्ज भएका छन्। जसअन्तर्गत प्रदेश नं १ मा २६, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा ९, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं ५ मा ३२ र सुदूरपश्चिम प्रदेशम ५ जना डिस्चाज भएका छन्।
मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ४५३ वटा स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।
त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ४८ हजार ५१९ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा ५५० जनाले आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट रुपन्दैही, वर्दीया र झापामा थप ३ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् । यससँगै कूल ४४७ जना रेड जोनमा परेका छन्।
रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।
प्रतिक्रिया