कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सोमबार साँझ वीरगञ्जको नारायणी अस्पतालबाट ४३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले दुई पटकको पिसिआर रिर्पोट नेगेटिभ आएपछि दुई महिला सहित ४३ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।
अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ४३ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालको आइसोलेसन वार्ड पुरै खाली भएको छ । डिस्चार्ज भएकाहरुलाई दुई हप्ता होम कोरेन्टाइनमा बस्न भनिएको छ ।
सोमबार दिउँसोसम्म ११२ जना डिस्चार्ज भएकोमा साँझ ४३ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमण पराजित गरि घरफर्केहरुको संख्या १५५ पुगेको छ।
नारायणी अस्पतालबाट सोमबार साँझ डिस्चार्ज हुनेहरुमा सर्लाहीका एक जना पूरुष रहेका छन् भने दुई महिला तथा ४१ जना पूरुष पर्सा जिल्लाका रहेका छन। जसमध्ये वीरगञ्ज ३ छपकैया निवासी एकै परिवारका ७ जना महिला, ११ जना पूरुष र एक जना ४ महिनाको शिशु छन् ।
पर्सामा कुल ९७ जना संक्रमित रहेकोमध्ये वीरगञ्जकै गण्डक अस्पतालमा २६ जना संक्रमित अहिले पनि उपचारमा रहेका छन् । नारायणी अस्पतालमा रहेका सबै ७१ जना संक्रमण मुक्त भएका हुन् ।
प्रतिक्रिया