घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड (GGBSL) को खुद नाफा घटेको छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्मको अवधिमा २४ लाख ६३ हजार खुद नाफा कमाएको लघुवित्तको नाफा चालु आवको यसै अवधिमा २१ लाख ५२ हजारमा संकुचित बनेको हो।
चैत मसान्तसम्ममा २ करोड ७६ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोष भने २ लाख १६ हजार रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा पनि लघुवित्तको जगेडा कोष ७० हजार ऋणात्मक रहेको थियो।
लघुवित्तले चैतसम्म ३० करोड ७६ लाख सापटी र ३ करोड ५३ लाख बचत संकलनबाट ३२ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६२ लाखबाट बढेर ९६ लाख ४८ हजार पुगेको छ। बढ्दो कर्मचारी र सञ्चालन खर्चपछि लघुवित्तको सञ्चालन मुनाफा १६ लाखबाट ७ लाख ५४ हजारमा झरेको छ।
लघुवित्तको निष्क्रिय कर्जा भने०.९७ प्रतिशतबाट बढेर ३.४३ प्रतिशत पुगेको छ। लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ३१ लाख ८५ हजार रुपैयाँ छुट्याएको छ।
लघुवित्तको कोषको लागत १२ प्रतिशत माथि छ। लघुव्त्तिको वार्षिकप्रतिशेयर आम्दानी १०.३९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ९९.२१ रुपैयाँ रहेको छ।
प्रतिक्रिया