स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार १६६ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिएको छ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिबाट २ हजार ४१९ वटा र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट १ हजार ७४७ वटा परीक्षण सम्पन्न भएको जानकारी दिए।
मुलुकभर हालसम्म पीसीआर र आरडीटी दुबै प्रविधिबाट गरी कूल १ लाख ६२ हजार ७३० ब्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ। त्यसमध्ये पीसीआर प्रविधिबाट ६० हजार ६९६ वटा र आरडिटी प्रविधिबाट १ लाख २ हजार ३४ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ११ हजार ३२२, प्रदेश नं २ मा ६ हजार ६१७, वाग्मती प्रदेशमा २४ हजार ८६४, गण्डकी प्रदेशमा ७ हजार ९५०, प्रदेश नं ५ मा १८ हजार ७९४, कर्णाली प्रदेशमा ११ हजार ३५२ र सुदूरपश्चिम प्रदेशमा २१ हजार १३५ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।
मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।
- ८६ हजार ५७ जना क्वारेटाइनमा, आइसोलेशनमा ८५० जना
मुलुकभर हालसम्म ८६ हजार ५७ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा २ हजार ९१ जना, प्रदेश नम्बर दुईमा १४ हजार १४ जना, वाग्मती प्रदेशमा १ हजार ६३१ जना, गण्डकी प्रदेशमा २ हजार २०४ जना, प्रदेश नम्बर पाँचमा २९ हजार १५८ जना, कर्णालीमा १४ हजार ८३४ जना र सुदूरपश्चिम प्रदेशमा २२ हजार २१५ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।
आइसोलेशनमा रहेका सङ्क्रमित बिरामीको सङ्ख्या कूल ८५० जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। जसमध्ये प्रदेश नं १ मा ९९, प्रदेश नं २ मा३१३ , वाग्मती प्रदेशमा ३१, गण्डकी प्रदेशमा १५ जना, प्रदेश नं ५ मा ३२९ जना, र कर्णाली प्रदेशमा ४७ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरि कूल जना उपचारका लागि आइसोलेशनमा रहेका छन्।
मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ३२० वटा स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीबाट त्यसको उत्तर दिइएको उनले बताए।
त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ५० हजार ३३२ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा जनाले आफ्नो ३५८ स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप ४ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् । यससँगै कूल ४६८ जना रेड जोनमा परेका छन्।
रेडजोनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।
प्रतिक्रिया