सरकारले आगामी आथिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री डा. खतिवडाले हाल कोरोना महामारीसँग लड्नका लागि विशेष कार्यक्रम बजेटमा समावेश गरेको जानकारी दिए । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी ९० अर्ब ६९ करोड र्पुयाइएको बताए। जुन चालु आर्थिक वर्षको भन्दा २२ अर्ब बढी हो।
आगामी वर्ष सरकारले स्वास्थ्य पूर्वाधार क्षेत्रलाई १२ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन भएको छ । कोरोना महामारीसँग लड्न आवश्यक व्यवस्था गर्न ६ अर्ब बजेट छुट्याइएको जानकारी दिए।
सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । कोरोना उपचारमा खटिएका स्वास्थ्यकमर्मीहरूलाई ५ लाखसम्मको निःशुल्क बीमा गर्ने वजेट वक्तव्यमा छ । त्यस्तै राजमार्गका बढी दुर्घटना हुने क्षेत्रमा ट्रमा सेन्टरहरू स्थापना गरिने बताइएको छ ।
थप क्वारेन्टाइनको स्थापना गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ । सरकराले अहिलेको कोरोना नियन्याका लागि औषधि तथा उपकरणका लागि ६ अर्ब रुपौयँ बजेटको व्यवस्था गरेको छ । त्यसका साथै स्वस्थ क्षेत्रमा काम गर्ने जनशक्तीका लागि सरकारले प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षमा सरकारले काठमाडौमा ३ सय सैयाको सरुवा रोग विषश अस्पताल स्थापना गर्ने व्यवस्था बजेटमा गरेको छ । त्यसैगरी सहरी क्षेत्रमा यस्तो हस्पिटलहरु स्थापना गर्ने समेत तोकेका छ । आगामी आर्थिक वर्षमा स्वस्था पुर्वाधार विकास लागि १४ अर्ब ४६ करोड बजेटको व्यवस्था गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
सरकारले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि देश प्रबेश गर्ने हरेक नाकामा स्वस्थ डेक्सक स्थापना गर्न बजेट व्यवस्था गरेको मन्त्री खतिवडाले बताए । सबै स्थानीय तहमा ५ देखि १५ सैयाका २ सय ७२ अस्पताल स्थापना गर्ने त्यसका लागि आवश्यक बजेट व्यवस्था बजेटले गरेको छ । त्यसका साथै आवश्यक परेको अवस्थामा नीजि हस्पतालहरुलाई सरकारले प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया