प्रभु बैंक लिमिटेड (PRVU) को बैंकिङ्ग सेवा चौंथो दिन पश्चात आइतबारदेखि पुन: सुचारु भएको छ।
बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्यका लागि बैंकले गत बिहीबार ५ बजेदेखि आफ्नो सम्पूर्ण सेवा बन्द गरेको थियो। आइतबार ९ बजेपश्चात बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्य सेवा सम्पन्न भई सुचारु भएको बैंकले जनाएको छ।
बैंकले यसअघि पुमरी सफ्टवेयरको ‘कोर बैंकिङ सिस्टम प्रयोग गर्दै आइरहेको थियो। यसलाइ प्रतिस्थापन गर्दै बैंकले फिन्याकल सफ्टवेयर प्रयोगमा ल्याएको हो।
यसैगरि बैंकले बैंकिङ सफ्टवेर प्रतिस्थापन कार्य सम्पन्न गर्दा ग्राहकहरुको यसअघि (साविक) को खाता नम्बर परिवर्तन भएको हुँदा आफ्नो अनुकुल जुनसुकै शाखामा गएर नयाँ खाता नम्बर लिन बैंकले अनुरोध गरेको छ।
बैंकिङ सफ्टवेयर प्रतिस्थापन माइग्रेसनको लागि जेठ १५ गतेदेखि ४ दिन आफ्नो बैंकका कुनै पनि सेवाहरु सञ्चालनमा नरहने सम्पूर्ण ग्राहक तथा नियमनकारी निकायहरुलाई सार्वजनिक सूचना जारी गरेर जनाएको थियो ।
चालु आथिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएर वार्षिक १९.८९ रुपैयाँ प्रतिशेयर आम्दानी कायम गरेको छ। प्रभु बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ ।
प्रतिक्रिया