सरकारले बन्दाबन्दी (लकडाउन) को समयावधि जेठ मसान्तसम्म पुर्याएसँगै धितोपत्रको कारोबार पनि सोही समयसँग बन्द हुने भएको छ।
नेपाल धितोपत्र बोर्डले यसअघि नै जेठ ५ गते पश्चात लकडाउन अवधि बढाइएपछि लकडाउनभर शेयर कारोबार बन्द गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिएको छ।
अर्कोतर्फ अनलाईबाट शेयर कारोबार गर्ने संख्या अत्यन्त न्यून भई माग र आपूर्तिको सन्तुलन मिल्लन नसक्दा दुबै दिन नकारात्मक सर्किट लागेपछि लगानीकर्ताको विरोध पश्चात शेयर बजार बन्द भएको छ।
सरकारले जेठ १५ गते ल्याएको आगामी आवको बजेटले पनि धितोपत्र बजारमा नयाँ कार्यक्रम र राह प्याकेज ल्याउन नसकेपछि शेयर लगानीकर्ता बजेटबाट समेत निराश भएको अवस्था छ।
लकडाउन बढेसँगै धितोपत्र बजार बन्द गर्ने औपचारिक निर्णय भने सञ्चालक समिति बैठकबाट नेप्सेले गरिसकेको छैन। यद्यपी लकडाउनका कारण लगानीकर्ता ब्रोकर हाउसमा उपस्थित भई शेयर कारोबार हुन नसक्ने र लगानीकर्ताको स्वास्थ्यलाई समेत ध्यानमा राख्दा बढ्दो कोरोना भाइरसको संक्रमण रोक्न पनि शेयर कारोबार खोल्ने अवस्था छैन।
शेयर बजारका संगठीत लगानीकर्ताले पनि अनलाईन कारोबारलाई प्रभावकारी नबनाई यथास्थितिमा खोलेर सूचक मात्र घटेर लगानीकर्ता थप मारमा पर्ने बताउँदै आएका छन्।
प्रतिक्रिया