सिटिजन्स बैंकमा विलय हुन लागेको सहयोगी विकास बैंक (SBBLJ) ले जेठ २४ गते शनिवार १६ औं वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकको साधारण सभाले सिटिजन्स बैंक इन्टरनेशनलमा विलय हुने लगायतका विविधि प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो। साथै बैंकले गत वर्षको सञ्चित मुनाफाबाट प्रस्तावित १८.७२ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ ।
यस अघि चैत १० गतेका लागि तय गरिएको सभा कोरोना संक्रमणका कारण रोकिएको थियो । बैंकको साधरण सभा केन्द्रीय कार्यालय जनकपुरधाम, धनुषामा दिनको २ बजे हुनेछ ।
उक्त कम्पनी आफ्नो १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९१ दशमलव ७५ कित्ता शेयर आदान प्रदान अनुपात कायम गर्ने गरि बिलय हुन लागेको हो ।
यी दुबै कम्पनी बीच गत असार २२ गते प्राप्ति सम्बन्धी सम्झौता भएको थियो । प्राप्ति गर्ने प्रयोजनका लागि सहयोगीको शेयर कारोबार गत असार २३ गतेदेखि बन्द रहेको छ ।
उता, सिटिजन्स बैंक इन्टरनेशनलले भने सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव जेठ २७ गते विशेष साधारण सभामार्फत पारित गर्नेछ । सिटिजन्सको पनि कोरोनाका कारण यस अघि चैत १० गते हुन नसकेको पाँचौ विशेष साधारण सभा हुन लागेको हो ।
सहयोगी विकास बैंकलाई प्राप्ति गरेपश्चात सिटिजन्स बैंकको चुक्तापूँजी ९ अर्ब ८ करोड ९८ लाख पुग्नेछ ।










प्रतिक्रिया