अमेरिकाले गत वर्ष खोलेको इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०२१ को इडीभी नतिजा शनिबार सार्वजनिक भएको हो ।
अमेरिकाले गत अक्टोबरमा भरेको डिभी लोटरीको नतिजा जुन ६ मा सार्वजनिक हुने तय गरेको थियो। सन् २०२१ का लागि गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी खुलेको थियो । उक्त डिभी लोटरीको नतिजा मे ५ मा सार्वजनिक हुने तय भएकोमा एकमहिना पछाडि सारिएको थियो ।
डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु अनिवार्य मानिएको छ । डिभी परेको वा नपरेको भन्नेबारे इमेल अथवा अन्य माध्यमद्वारा जानकारी भने प्राप्त हुँदैन ।
नतिजा थाहा पाउन शनिवार जेठ २४ रातिको ०९:४५ बजेपछि तपाईंले डिभी भर्दाको समयमा प्राप्त गर्नुभएको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov/ मा हेर्नुहोला। यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिंदा तपाईंको नतिजा हेर्न मिल्छ।
डिभी लोटरी परे नपरेको चेक गर्न यहाँ क्लिक गर्नुहोला ।
गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेकाहरुले आर्थिक बर्ष सन् २०२१ का लागि भरेको डिभी लोटरीको नतिजा २०२१ को सेप्टेम्बरसम्म चेक गर्न सक्नेछन् ।
डिभी लोटरीको नतिजा ढिलो भएपनि आगामी आर्थिक बर्षका लागि अन्तरवार्ता तय हुनेमा भने कुनै असर नपर्ने जनाइएको छ । सन् २०२१ का लागि डिभी पारेकाहरुको अन्तरवार्ता आगामी अक्टोबर १ देखि सुरु गरिनेछ ।










प्रतिक्रिया