नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले शेयर बजारमा अहिले लागिरहेको ग्रहण हटाउने जिम्मेवारी राष्ट्र बैंकमा पुगेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाजले आगामी मौद्रिक नीतिका सन्दर्भमा आयोजना गरेको वेबसेमनिारमा बोल्दै रानाभाटले लामो समयदेखि बन्द रहेको बजार खुला गर्नका लािग राष्ट्र बैंकले पहलकदमी लिनुपर्ने अवस्था सृजना भएको धारणा राखे ।
नेपाल धितोपत्र बोर्ड, नेप्से लगायतका सरोकारवालाहरुले बजार सुधारका लागि राखेका केही मागहरु राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने देखिएको र बजारका प्रत्यक्ष नियमनकारी निकायहरु पनि राष्ट्र बैंकमा परनिर्भर भएको अवस्थाले बजार संचालन हुन नसकेको उनको भनाई थियो ।
एशोसिएसनले बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जाको सीमा बढाउनु्पर्न र मार्जिन कलमा सहुलियत दिनुपर्ने सुझाव दिए। यस्तै शेयर धितोमा गएको कर्जाको व्याजमा तिर्ने समय थप गर्नुपर्ने र धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबार प्रवाह गर्ने ऋणको व्याजदर बैंकले प्रवाह गर्ने कर्जाको भन्दा कम हुने व्यवस्था गर्न सुझाव दिए।
त्यस्तै उनले विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए।
रानाभाटले अहिले मार्जिन ल्यान्डिङको सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए । साथै उनले बोण्ड मार्केटलाई सहज रुपमा कारोबार गर्ने व्यवस्था मिलाउनुपर्ने, गैर आवासीय नेपालीहरुलाई पनि दोस्रो बजारमा कारोबार गर्न लागि उपयुक्त वातावरण बनाउनुपर्ने सुझाव दिए ।










प्रतिक्रिया