लघुवित्त क्षेत्रको सबैभन्दा ठूलो आईपिओको बिक्री खुल्यो, कति कित्ता भर्ने ?

0
Shares

लघुवित्त क्षेत्रकै सबैभन्दा ठूलो सार्वजनिक निष्काशन एनआईसी एशिया लघुवित्तले गरेको छ। एनआईसी एशिया लघुवित्त एनआईसी एशिया बैंककोे सहायक कम्पनी हो ।

लघुवित्तले आगामी असार १० गतेदेखि ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपिओ निष्काशन गरेको हो ।

लघुवित्तले निष्कासन गर्न लागेको आईपिओमध्ये ०।५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको आईपिओमा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । छिटोमा असार १४ गतेसम्म र सो अवधिमा पुरै आवेदन नपरेको खण्डमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यस आइपीओमा अधिकतम २० कित्ताका लागि २ हजार रुपैयाँ बराबरको आवेदन गर्दा प्रयाप्त हुने देखिन्छ।

एनआईसी एशिया लघुवित्तको आईपीओमा लगानी गर्नुपुर्व जान्नुहोस् कम्पनीको विस्तृत विवरण

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमाम सानिमा क्यापिटल रहेको छ ।

चुक्ता पूँजी १ अर्ब ४५ लाख १० हजार रुपैयाँ रहेको लघुवित्तको आईपिओ पश्चात चुक्ता पूँजी एक अर्ब ४८ करोड नाघ्नेछ।एनआईसि एशिया लघुवित्त वित्तीय संस्थाले १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: १० असार २०७७, बुधबार  ०६ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।