बैशाख ३१ गते अन्तिम दिन कारोबार भएपछि ४७ पछि आइतबारदेखि खुलेको शेयर बजारमा पहिलो ४० मिनेटमा नै ४ प्रतिशतले नेप्से घटेपछि नकारात्मक सर्किट लागेको छ।
२० मिनेटका लागि कारोबार रोकिएपछि अब १२ बजेपछि पुन: शेयर कारोबार खुल्नेछ। बजार खुलेको ४० मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि कारोबार २० मिनेटको लागि स्थगन गरिएको हो।
कारोबारको सुरुवाती ४० मिनेटमा नेप्से परिसूचक ४८.१७ अंकले घटेर १ हजार १५३.१७ अंकमा झरेको छ।
यस अवधिमा ६९ कम्पनीका १ लाख ८२ हजार ५४७ कित्ताशेयर ८करोड ४२ लाख ७५ हजार रुपैयाँमा खरीद बिक्री भएका छन्। कारोबारमा आएका ११ वटै उप समूहका परिसूचक घटेका छन् ।
हिमालयन डिष्टलरीको सबैभन्दा धेरै १ करोड ३२ लाखको शेयर कारोबार हुँदा गुडविल फाइनान्सको ६.०६ प्रतिशतले बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ९.९० प्रतिशतले घटेर ३८२ रुपैयाँमा झरेको छ।
सोमबार पहिलो दिन कारोबार खुलेको नेपाल पुनर्बीमा कम्पनीको शेयर ४२४ रुपैयाँमा पहिलो कारोबार खुला भएको थियो।











प्रतिक्रिया