बिहीबार सुनचाँदी दुबैको भाउ घट्यो

0
Shares

सुनचाँदीको भाउ असार १८ गते बिहीबार भने घटेको छ। बुधबार नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमानी उचाईमा पुगेर कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ७०० रुपैयाँले घटेको हो। यस्तै चाँदीके भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५६५ रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९५० रुपैयाँ तोकेको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९६० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भएको थियो।

प्रकाशित मिति: १८ असार २०७७, बिहिबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।