
आइतबार थप २९३ जना कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये उपत्यकामा मात्रै आइतबार २९ जनामा कोरोना भेटिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार ललितपुरका २ जना र काठमाडौंका २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुने कूल संख्या १५ हजार ७८४ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ५१ हजार ७ वटा पीसीआर परीक्षण सम्पन्न भएका छन्। पछिल्लो २४ घण्टामा ४ हजार ७१० पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
परीक्षण भएकामध्ये २ लाख ३५ हजार २२३ वटा रिर्पोट नेगेटिभ आएको छ। हाल ९ हजार २३७ जनामा कोरोना संक्रमण जारी रहेको छ। ९ हजार २०३ जना आइसोलेसनमाआइसोलेसनमा रहेका छन्।
कोरोना भाइरस संक्रमणबाट असार १ गते भारतबाट नेपाल आएका बाग्लुङका पुरुषको आइतबार बिहान निधन भएको छ । उनी भारतबाट आएको २१ औं दिनमा होम क्वारेन्टिनमा बसेका बेला नै मृत्यु भएको हो। कोरोना संक्रमणबाट हालसम्म ३४ जनाले ज्यान गुमाएका छन्।
पछिल्लो २४ घण्टामा १३२ जनाले कोरोना संक्रमणलाई पराजित गरि घर फर्किएका छन्। हालसम्म कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ जना पुगेको छ । कुल संक्रमितमध्ये ४१.५० प्रतिशत संक्रमित कोरोना मुक्त भइसकेका छन्।
महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमणका एक्टिभ केस रहेको छ।
प्रदेशगत रुपमा संक्रमित र डिस्चार्ज हुनेको संख्या यस्तो छ:-
- प्रदेश १ मा ६९४ जनामा कोरोना संक्रमण, ४६९ जना डिस्चार्ज
- प्रदेश २ मा ४ हजार १६० जनामा कोरोना संक्रमण, २ हजार ३४ जना डिस्चार्ज
- वाग्मती प्रदेशमा ५६३ जनामा कोरोना संक्रमण, २३४ जना डिस्चार्ज
- गण्डकी प्रदेशमा १ हजार १४२ जनामा कोरोना संक्रमण, २१४ जना डिस्चार्ज
- प्रदेश ५ मा ३ हजार ९६८ जनामा कोरोना संक्रमण, १ हजार ७२५ जना डिस्चार्ज
- कर्णाली प्रदेशमा १ हजार ५७९ जनामा कोरोना संक्रमण, १ हजार १९१जना डिस्चार्ज
- सुदूरपश्चिम प्रदेशमा ३ हजार ६७८ जनामा कोरोना संक्रमण, ६८० जना डिस्चार्ज










प्रतिक्रिया