सुनको मूल्य प्रतितोला ७०० बढ्यो, चाँदीको पनि वृद्धि

0
Shares

असार २३ गते मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ पनि वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ४६० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९५० रुपैयाँ तोकेको छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ७६० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँँमा कारोबार भएको थियो।

नेपाली बजारमा नै सुनचाँदीको मूल्य असार १७ गते सबैभन्दा उच्च मूल्यमा कारोबार भएको थियो। सो दिन छापावाल सुन ९१ हजार ७०० रुपैयाँ, तेजावी सुन ९१ हजार २६५ रुपैयाँ पुगेको थियो भने चाँदी प्रतिातोला ९६० रुपैयाँमा कारोबार भएको थियो। त्यसयता भने भाउ घट्न थालेको छ।

प्रकाशित मिति: २३ असार २०७७, मंगलबार  १२ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।