
एनएमबि बैंकले एनएमबि ग्रिन फिक्सड डिपोजिट शुरु गरेको छ। यो योजना अन्तर्गत बैंकमा खाता खोल्ने ग्राहकहरुले आफ्नो नाममा विरुवा रोपाउन पाउने बैंकले जनाएको छ ।
वातावरणीय संरक्षणलाई सघाउ पु¥याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो सुविधा ल्याएको जनाएको छ । बैंकले यस खातामा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको शतप्रतिशत कर्जा प्रदान गरिने जनाएको छ ।
एनएमबि ग्रिन फिक्सड डिपोजिट ब्यवसाय र वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्न यस योजनाले ग्राहकवर्गलाई उक्त प्रतिफल प्रदान गर्ने मात्र नभई मानवीय जिम्मेवारी पनि प्रदान गर्छ जुन हामी बस्ने वातावरणलाई सुरक्षित तुल्याउन सक्दछौं ।”, बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।










प्रतिक्रिया