सुनको मूल्य घट्यो, चाँदीको स्थिर

0
Shares

असार २६ गते शुक्रबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७६० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९८० रुपैयाँ तोकेको छ।

बिहीबार सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमानी उचाईमा पुगेको थियो। यस्तै चाँदीको मूल्य पनि हालसम्मकै माथिल्लो भाउमा पुगेको थियो।

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।