नागरिक लगानी कोषले हकप्रद शेयर विक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कोषले १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा एक अर्ब ३५ करोड ९२ लाख ५९ हजाार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर विक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
यसका लागि कोषले गत सोमवार बोर्डमा निवेदन दिएको हो । कोषको हकप्रद विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

हाल कोषको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ छ । हकप्रद बिक्री गरेपछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ । कोषको नयाँ संशोधति ऐनअनुसार चुक्ता पूँजी बढाउने व्यवस्था गरिएको थियो । गत आर्थिक अन्त्यसम्ममा कोषको जगेडा कोषमा ७ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ।
कोषले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा १७.३६ प्रतिशतले नाफा बढाएको हो । कोषले गत आर्थिक वर्षमा ५४ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कोषको नाफा ४६ करोड २३ लाख रुपैयाँ थियो । कोषको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कोषको नाफा ८ करोड रुपैयाँ बढेको हो ।
कोषले संगठित संस्थाको शेयरमा १० अर्ब ७८ करोड लगानी गरेको छ । साथै कोषको ५१ प्रतिशत शेयर लगानीमा रहेको नागरिक स्टक डिलर कम्पनी पनि अर्को साताबाट शेयर बजारमा प्रवेश गर्दैछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया