नागबेली लघुवित्तले अघिल्लो आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गरेको लाभांश नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेका अनुसार लघुवित्तको ४ लाख ३५ हजार ९६६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । शेयरधनीको डिम्याट खाताामा आएपछि उक्त शेयर किनबेच गर्न पाइनेछ।
लघुवित्तले आर्थिक वर्ष २०७५/०७६ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २६ प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ९६ हजार ६७० रुपैयाँ बराबरको ४ लाख ३५ हजार ९६६ कित्ता बोनस शेयर र कर प्रयोजनको लागि १.३६ प्रतिशत अर्थात २२ लाख ९४ हजार ५६१ रुपैयाँ बराबरको लाभांश वितरण गरेको थियो ।
१ः०.९५ शेयर स्वाप अनुपातमा नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेर मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि भदौ ७ गतेबाट एकीकृत कारोबार थालिसकेको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया