युनियन लाइफको ‘जीवन दीप’ बीमा योजना

0
Shares

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार ‘जीवन दीप’ बीमा योजना नामक नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको यस योजनाबाट ब्यक्तिगत तथा संस्थागत दुबैले न्यून बीमा शुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने जनाइएको छ । यस बीमा योजना १६ देखि ६० वर्ष उमेर समूहका ब्यक्तिहरुले सहभागिता जनाउन सक्नेछन् ।

न्यूनतम ३ लाख बीमाङ्क र अधिकतम आयश्रोतको आधारमा आवश्यकता अनुसार बीमाङ्क निर्धारण गरी बीमा योजना ५ देखि २५ वर्ष सम्मको अवधिका लागि बीमा गर्न सकिनेछ ।

योजना अन्तर्गत प्राकृतिक रुपमा बीमा गर्नेको मृत्यु भएमा बीमाङ्क रकम, दुर्घटनाबाट मृत्यु भएमा करारमा उल्लेखित थप बीमाङ्क र दुर्घटनाबाट पूर्ण अंगभङ्ग वा शारीरिक अशक्तता भएमा बीमालेखको अवधिसम्म बीमाशुल्क छुट र नियमित रुपमा मासिक आय सुविधा समेत उपलब्ध हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ भाद्र २०७७, बुधबार  १५ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।