दोहोरो अंकले बढेको नेप्से पुनः १५ सय माथि, चार कम्पनीमा सर्किट लाग्दा साढे २ अर्बको कारोबार

0
Shares

शेयर बजारमा दोहोरो अंकको सुधार आउँदा बुधबार शेयर कारोबार मापक परिसूचक नेप्से पुनः १५ सय अंक माथि उक्लिएको छ । सूचकसँगै कारोबारमा बढोत्तरी भएको बजारमा साढे दुई अर्ब बढीको शेयर किनबेच भएको छ ।

बुधबार नेप्से १३.०५ अंकले बढेर एक हजार ५०८.२० मा पुगेको छ । नेप्से ०.८७ प्रतिशतले बढेको हो । कूल १९४ वटा कम्पनीको ५७ लाख ९८ हजार ५ सय ३२ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १ सय ८६ रुपैयाँको कारोबार भएकोे छ । मंगलबार पनि नेप्से ७ अंक बढीले उकालो लागेका थियो ।

यसदिन कारोबारमा आएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहको सूचक बढेको छ भने २ वटा उपसमूहको शेयर भने घटेको छ । यसदिन वाणिज्य बैंक र विकास बैंक समूहको सूचक ओरालो लागेको छ ।

 

Market Information
NEPSE 1,508.20 13.05 0.87    
Sensitive 299.66 0.19 0.06    
Float 104.07 0.68 0.65    
Sen. Float 98.45 0.08 0.09    
 
Sub-Indices Current Points Change %Change  
Banking 1,204.56 1.89 0.16  
Trading 1,063.57 34.9 3.39  
Hotels 1,531.60 20.41 1.35  
Development Bank 1,746.35 5.48 0.31  
HydroPower 1,101.07 7.02 0.64  
Finance 679.30 1.49 0.22  
Non Life Insurance 7,736.17 261.81 3.5  
Manu.& Pro. 3,050.24 24.24 0.8  
Others 1,016.91 19.34 1.94  
Microfinance 2,573.77 55.44 2.2  
Life Insurance 9,331.52 166.77 1.82  
Mutual Fund 10.83 0.02 0.21  
 

राष्ट्रिय बीमा कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी संस्थापकको शेयर १० प्रतिशतका दरले बढेको छ । एनआरएन इन्फ्रास्टक्चरको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले घटेको छ ।

आजको बजारबाट कमाउने कम्पनीहरु:-

Symbol LTP Point Change % Change
As of 2020-09-09 15:00:00
RBCL 10,868.00 988.00 10.00
RLI 374.00 34.00 10.00
RBCLPO 9,508.00 864.00 10.00
ACLBSL 775.00 66.00 9.31
NLBBL 788.00 63.00 8.69
SLBBL 910.00 66.00 7.82
CLBSL 722.00 47.00 6.96
SLICL 615.00 39.00 6.77
NLBSL 810.00 45.00 5.88
CORBL 132.00 7.00

5.60

आजको बजारबाट गुमाउने कम्पनीहरु:-

Symbol LTP Point Change % Change
As of 2020-09-09 15:00:00
NRN 354.00 -39.00 -9.92
KPCL 119.00 -6.00 -4.80
AKPL 161.00 -7.00 -4.17
UPCL 94.00 -3.00 -3.09
LEMF 8.51 -0.19 -2.18
RLFL 135.00 -3.00 -2.17
HDHPC 92.00 -2.00 -2.13
JOSHI 92.00 -2.00 -2.13
NGPL 139.00 -3.00 -2.11
RHPC 99.00 -2.00 -1.98

सबैभन्दा बढी नेपाल पुनर्बिमा कम्पनीको २२ करोड ३१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । नागरिक लगानी कोष १८ करोड ६४ लाख, शिवम् सिमेन्टस्, सूर्या लाइफ, र नेको इन्स्योरेन्सको १२ करोडको शेयर खरीद बिक्री भयो ।

Top Stocks By Turnover      Symbol                             Turnover                            Closing Price
NRIC 223,122,288.00 891.00
CIT 186,407,780.00 3,632.00
SHIVM 126,341,416.00 741.00
SLICL 123,677,565.00 615.00
NIL 121,397,712.00 828.00
HDL 88,030,033.00 1,827.00
NLIC 79,235,509.00 1,380.00
SICL 77,266,635.00 1,370.00
NBL 68,144,662.00 301.00
FMDBL 53,159,502.00 583.00

प्रकाशित मिति: २४ भाद्र २०७७, बुधबार  १५ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।