काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि (बिहीबार) देखि केही खुकुलो हुने भएको छ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बिहीबारदेखि व्यापार, व्यवसाय र यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए।
भोलिदेखि सबै प्रकारका व्यापार-व्यवसाय सशर्त खुल्ने भएका हुन्। भदौ ४ गतेदेखि जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात र व्यापार व्यवसाय खोल्ने निर्णय भएको दाहालले बताए।
कोरोना भाइरसको सङ्क्रमण बढेपछि भदौको ३ गतेदेखि सुरु भएको निषेधाज्ञा दुई पटक थपेर आज (बुधबार) सम्म पुर्याइएको थियो । निषेधाज्ञा लगाए पनि सङ्क्रमितको सङ्ख्या भने बढिरहेको छ ।
निषेधाज्ञाको कारण व्यापार व्यवसाय बन्द हुँदा श्रमिकको बिचल्ली भएको भन्दै निषेधाज्ञा हटाउन चौतर्फी माग भइरहेको छ ।
.jpg)
.jpg)
.jpg)
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया