शेयर बजार साँझ ५ बजेसम्म खुल्ने, तर अझै समाधान भएन समस्या

0
Shares

नेपाल स्टक एक्सचेञ्जले बिहीबारको शेयर कारोबार साँझ ५ बजेसम्म खुला गर्ने भएको छ । टिएमएसमा समस्या आएपछि करिब दुई घण्टा बन्द भएको बजार थप दुई घण्टा खुल्ने भएको हो।

नेप्सेले टिएमएसमा देखा परेको समस्या समाधान भएर कारोबार खुलेको सूचना प्रकाशित गरेको छ । तर, समाचार तयार पार्दासम्म टिएमएस अझै लगइन हुन सकेको छैन । टिएमएस लगइनका लागि आफ्नो ब्रोकरमा सम्पर्क गर्न अनुरोधन सहितको म्यासेज आउने गरेको लगानीकर्ताहरु बताउँछन् ।

समस्या आएर शेयर कारोबार रोक्का गरिसकेपछि पनि नेप्से सूचक र कारोबार रकम भने लगातार बढी देखिएको थियो । कारोबार र सूचक लगातार बढ्दै गएपछि लगानीकर्ता अन्योलमा परेका छन् ।

सबै अनलाइन प्रयोगकर्ताहरुको टीएमएस खाता इनेक्टिभ रहेको भन्दै प्रणालीले लगानीकर्तालाई कारोबार प्रणालीमा लगइन गराउन सकेको छैन । यो समस्याले सबै ब्रोकरकोमा सम्पर्क गर्ने लगानीकर्ताको संख्या बढेको छ । खाता सुचारु गराउन ब्रोकरकोमा सम्पर्क गर्न भनिएसँगै फोन आउने क्रम तिब्र भएको एक ब्रोकरले नोटबजारलाई बताए ।

सबै लगानीकर्ताको टीएमएस नचलेको अवस्थामा ब्रोकरकोमा फोन गर्ने सिमित लगानीकर्ताको मात्र टीएमएस चल्ने भएकाले बिहबार ५ बजेसम्म हुने भनिको कारोबार अस्वभाविक हुने देखिन्छ ।

सबै ब्रोकरमा एकै पटक ‘डिएनए लगआउट’, लगानीकर्ताले शेयर किनबेच गर्न पाएनन्, शेयर कारोबार रोक्का

 

प्रकाशित मिति: २५ भाद्र २०७७, बिहिबार  १४ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।