सेञ्चुरी क्यापिटल लिमिटेडले प्रस्तावित ४.२० प्रतिशत लाभांश पारित गर्न कात्तिक ६ गते कमलादी प्लाजा काठमाडौंमा चौथो वार्षिक साधारणसभा बोलाएको छ ।
असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको ४.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले करसहित ८४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
साथै उक्त साधारणले कम्पनीको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया