ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई एक्वीजिशन गर्ने सहमति

0
Shares

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्वीजिशन) गर्ने भएको छ ।

असोज २० गते मंगलबार दुई संस्थाबीच प्राप्ती सम्वन्धि सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त संस्था प्राप्ती गर्दा संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुन गै व्यवसाय कारोवार वृद्धि गर्न सकिने,ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहुँचका साथ स्तरिय वित्तीय सेवा प्रदान गर्न थप पूँजीकोष वृद्धि भै संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने ग्लोबल आइएमई लघुवित्तले जनाएको छ ।

ग्लोबल आइएमई लघुवित्तले प्राप्ति गर्नेे सम्झौता गरेसँगै स्पर्श लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार रोक्का भएको छ। नेपाल स्टक एक्सचेञ्जले बुधबारदेखि कारोबार रोक्का गरेको हो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ आश्विन २०७७, बुधबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।