नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको कार्तिक १६ गते साधारण सभा आह्वान

0
Shares

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले कार्तिक १६ गते साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौधौँ वार्षिक साधारण सभा बुटवलस्थित क्लब डेनेभो होटल, रूपन्देहीमा दिउँसो १२ः३० बजे आह्वान गरिएको हो ।

सभाले बैंकबाट लिने कर्जाको सीमा सम्बन्धमा राखिएको विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।

यस्तै आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन तथा २०७५ साल असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू उपर छलफल गरी पारित गर्ने एजेण्डा छ ।

यसैगरी सभाले आव २०७५/७६ र २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ आश्विन २०७७, बिहिबार  ०९ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।