यस्ता छन् सातामा टप शेयर खरीद बिक्री गर्ने पाँच ब्रोकर कम्पनी

0
Shares

यस साता ब्रोकर नम्बर ५८ ले सबैभन्दा धेरै १ अर्ब ६ करोड ९३ लाख रुपैयाँको शेयर खरीद गर्दा १ अर्ब १६ लाख रुपैयाँको शेयर बिक्री गरेको छ ।

शेयर खरीद तर्फ ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटीजबाट ६७ करोड ८३ लाख, ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटीजबाट ६२ करोड १३ लाख, ब्रोकर नम्बर ४२ सनि सेक्युरिटीजबाट ५५ करोड १८ लाख र ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटीजबाट ५४ करोड ८५ लाख बढीको शेयर खरीद भएको छ ।

बिक्रीतर्फ ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटीजबाट ७८ करोड ५० लाख, ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटीजबाट ५९ करोड १० लाख, ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटीजबाट ५४ करोड ६४ लाख, र ब्रोकर नम्बर ४२ सनि सेक्युरिटीजबाट ५० करोड ८० लाख बढीको शेयर बिक्री भएको देखिन्छ ।

शीर्ष कारोबार गर्ने दश ब्रोकर कम्पनीहरुले गरेको कारोबारका आधारमा यस साता अरुण भ्याली हाइड्रोपावर, शिवम् सिमेन्टस्, अरुण काबेली पावर, नेपाल बैंक र हिमालयन डिष्टलरीको धेरै रकमको शेयर खरीद भएको छ ।

उता बिक्रीतर्फ पनि अरुण काबेली पावर, शिवम् सिमेन्टस्, अरुण भ्याली हाइड्रोपावर, नेपाल बैंक र नेपाल रि यन्स्योरेन्स कम्पनी धेरै बिक्री भएको पाँच कम्पनीमा समेटिएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०७७, शनिबार  १६ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।