सरकारले लगाउँदै आएको विदेशी मदिरा र गाडी आयात माथिको प्रतिबन्ध हटाएको छ ।
मन्त्रिपरिषद्को बैंठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेशी मदिरा आयातको प्रतिबन्ध हटाइएको जानकारी दिए ।
आयात गरिएको मदिराको स्टक सकिएको र भन्सार छलीबाट मदिरा भित्रन थालेपछि सरकारले पाउने राजश्व गुम्ने देखेर सरकारले प्रतिबन्ध हटाएको हो ।
यस्तै सरकारले सरकारले ५० हजार डलर भन्दा बढी मूल्यका सवारी साधन आयातमा लगाएको प्रतिबन्ध पनि खुला गरेको छ ।
सरकारले महङ्गा गाडी र विदेशी मुद्रा विदेशिनबाट रोक्न भन्दै आयातमा रोक लगाएको थियो ।
प्रवक्ता ज्ञवालीले विशेषगरी विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त संघ संस्था र विदेशी कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधन ल्याउन समस्या परेपछि त्यस्ता निकायले खरिद गर्ने गाडिमा उक्त सीमा हटाइएको जानकारी दिए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया