स्वाभिमान लघुवित्तको २४ प्रतिशत बोनस वितरण

0
Shares

स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMFBS) ले तेश्रो वार्षिक साधारण सभाबाट पारित चुक्ता पूँजीको २४ प्रतिशत बोनस असोज २२ गतेदेखि वितरण थालेको छ ।

लघुवित्तले साधारण सभाका लागि बुकक्लोज गरेको अघिल्लो दिन अर्थात २०७६ पुस २४ गते बिहीबारसम्म शेयर अभौतिकिकरण (डिम्याट) गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा नै बोनस जम्मा गरेको जनाएको हो ।

लघुवित्तको उक्त बोनस शेयर असोज २२ गते बिहीबार नेपाल स्टक एक्सचेञ्जमा असोज गते सूचीकृत भइसकेको छ । लघुवित्तको २०७६ माघ १० गते सम्पन्न भएको तेश्रो वार्षिक साधारण सभाले चुक्ता पूँजीको २४ प्रतिशत बोनस शेयर पारित गरेको थियो ।

यस्तै कागजी शेयर धारण गरेका शेयरधनीलाई आफुसँग भएको शेयर डिम्याट गर्न र बोनस नआएका तथा थप जानकारीका लागि लघुवित्तको शेयर रजिष्ट्रार सिद्दार्थ क्यापिटल नक्सालमा सम्पर्क गर्न आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ आश्विन २०७७, सोमबार  ०९ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।