
नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ५३० पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । अहिलेसम्म कुल ११ लाख ९१ हजार ५१४ पीसीआर परीक्षण भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार काठमाडौं उपत्यकामा मात्रै २ हजार २८३ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा १ हजार ८८८ जना, ललितपुरमा २७७ जना र भक्तपुरमा ११८ जनामा संक्रमण देखिएको हो । सोमबार थपिएका कूल संक्रमितमध्ये उपत्यकमा ५६ प्रतिशत संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशभर हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० जना रहेका छन् ।
यस्तै प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ४७३ जना डिस्चार्ज भएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ७७ हजार २७७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
देशभरमा क्वारिन्टीनमा ४ हजार ८३१ जना छन् भने होम आइसोलेसनमा १९ हजार ९५७ जना र संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना रहेका छन् ।
- गत २४ घण्टामा ९ जनाको निधन
कोभिड-१९ का कारण गत २४ घण्टामा ९ जनाको निधन भएको छ । जसमध्ये उपत्यकाका ४ जना र मोफसलका ५ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंका एक महिला र दुई पुरुष, ललितपुरका एक पुरुष, सुनसरीका तीन पुरुष, चितवनका एक महिला र रुपन्देहीका एक पुरुष संक्रमितको मृत्यु भएको हो । यो संख्या सँगै नेपालमा संक्रमणका कारण निधन हुनेको कुल संख्या ६४५ पुगेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया